Logo

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८१ लाख राजस्व सङ्कलन



जुम्ला, २१ साउन । जुम्ला मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८०  एक करोड ८१ लाख ५० हजार आठ सय ७८ राजस्व सङ्कलन गरेको छ । कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ रु ९२ लाख ९३ हजार आठ सय ५५, जग्गा रोक्कातर्फ  १८ लाख ७६ हजार ९८५, पुँजीकर लाभकरतर्फ  ६४ लाख छ हजार पाँच सय ९८ र विविध शीर्षक अन्तर्गत  पाँच लाख ७३ हजार चार सय ४० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए ।

राजीनामा, अंशबण्डा, बकसपत्र, रोक्कालगायतका शीर्षकबाट यहाँका सात गाउँपालिका र एक नगरपालिकाबाट नौ सय ६५ रजिस्ट्रेशन लिखत पारित भएको उनको भनाइ छ । आव २०७८/७९ र २०७९/८० मा लक्षित वर्गका लागि  २२ लाख ६१ हजार २८१ राजस्व छुट गरिएको छ । नगरपालिकाका लागि २५ प्रतिशत र गाउँपालिकाका लक्षित वर्गलाई ५० प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot