Logo

अफगानिस्तानमा विषाक्त खानाका कारण कम्तीमा २०० जना विरामी



खोस्त, अफगानिस्तान, २२ साउन । अफगानिस्तानको पूर्वी प्रान्त खोस्तमा विषाक्त खानाका कारण कम्तीमा २०० जना बिरामी परेका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ता मुस्तघफर गरबाजका अनुसार आइतबार साँझ जजाई मैदान जिल्लाको सत्काई गाउँमा गाउँलेहरू एक भोजमा सहभागी भएपछि उनीहरू बिरामी परेका थिए ।

सबै बिरामीहरूलाई नजिकैको अस्पताल र क्लिनिकमा लगिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको भन्दै बिस्तृत विवरण अनुसन्धान रिपोर्टमार्फत जानकारी गराइने ती अधिकारीले बताए ।

यसैबीच, गाउँले र प्रत्यक्षदर्शी ताहिर अजिमीले भोजको खानाले करिब ४०० जना बिरामी परेको दाबी गरे । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot