Logo

इन्जिनियर अशोक धमला नेविसंघको केन्द्रीय सदस्यमा मनोनित



काठमाडौं, २२ साउन । नेपाली कांग्रेसले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । इन्जिनियर अशोक धमला नेविसंघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा नेविसंघको तदर्थ कार्यसमितिमा ७१० जनालाई मनोनित गरेका छन् । केन्द्रीय सदस्यमा मनोनित ई. धमला धादिङका स्थायीवासी हुन् । उनले भारतको प्रसिद्ध विश्वविद्यालयबाट ईन्जिनियरिङको अध्ययन गरेका छन् ।

विद्यार्थी राजनीतिसँगै धमला समाजसेवामा पनि सक्रिय छन् । उनको नेतृत्वमा आधा दर्जन व्यवसायिक फर्म सञ्चालनमा छन् । ०७९ को बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र मंसिरमा सम्पन्न संघ र प्रदेशको निर्वाचनमा उनी पार्टी नेतृत्वले खटाएबमोजिम चुनावी अभियान लिएर देश दौडाहमा निस्किएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot