Logo

सदन खोल्न बालुवाटारमा तीन दलको बैठक



काठमाडौं, सासन २३ । एमालेद्वारा गरियको संसद अबरोध हटाउने बिषयमा छलफल बालुवाटारमा प्रमुख तीन दलको बैठक सुरू भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लागयत तीनै दलका संसदीय दलका प्रमुख सचेतकहरु छलफलमा सहभागी रहेका छन्।

साउन १० को प्रतिनिधिसभाको बैठकमा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेको थियो । एमालेको अडानका कारण त्यसपछिका बैठक लगातार स्थगित हुँदै आएका छन् ।

सभामुख घिमिरेले पटक–पटक प्रधानमन्त्री, सरकारमा सहभागी दल र विपक्षी दलका नेतासँग छलफल गरेपनि संसदको अवरोध कायमै छ । त्यस्तै, प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्