Logo

नेविसंघ नयाँ केन्द्रीय तदर्थ समितिमा २० इञ्जिनियर समेटिए (नामसहित)



काठमाडौं, २३ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा ७१० जनाको केन्द्रीय तदर्थ समिति गठन भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो (सोमबार) ७१० जनालाई नेविसंघ केन्द्रीय तदर्थ समिति सदस्यमा मनोनीत गरेका हुन् ।

सो कार्यसमितिमा २० जना इन्जिनियर समेटिएका छन् । जसमा धादिङका अशोक धमला, नुवाकोटका दिपेन घले, मोरङका अभिषेक भट्टराई, सप्तरीका शैलेष मिश्र उदयपुरका सुनिल साह दोलखाका आकाश आचार्य र रामेछापाका नारायण घिमिरे, काठमाडौँका अधिषेक आत्रे, सुवास फुयाँल, अनिल वोलखे, प्रतिक महत, चितवनका किशोर गुरुङ, काभ्रेका गणेश रिजाल, स्याङ्जाका सुदर्शन शर्मा, सागर गुरुङ र सुवास पौडेल केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।

यस्तै, केन्द्रीय सदस्यमा समेटिएका अरु इन्जिनियरहरूमा पाल्पाका विजयी अर्याल, पर्वतका शिव भट्टराई, प्युठानका कुमार आचार्य, डडेलधुराका भुवन भट्ट रहेका छन् । अष्ट्रलियाबाट अध्यायन गरेर फर्किएका बदिर्याका सुनिल विष्टदेखि २२ वर्षीय आशिष देवकोटासम्म केन्द्रीय सदस्य चयन भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्