Logo

एमाले सांसद चौधरी भन्छिन्— संसद् चल्न नदिनु पनि कामै हो नि



काठमाडौं, २४ साउन । नेकपा एमालेकी नेतृ एवं सांसद भगवती चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सुन तस्करीको बारेमा प्रस्ट र चित्तबुझ्दो जवाफ आए मात्र संसद् चल्न सक्ने बताएकी छन् ।
‘गृहमन्त्रीले हिजो पक्ष-विपक्षको भाषण सुनाएजस्तो लाग्यो । उहाँले प्रस्ट र चित्तबुझ्दो जवाफ दिनुभएन । सीआईबी वा अरु निकायलाई स्वतःस्फूर्त काम गर्न दिन्छौं पनि भन्नुभएन । त्यसैले अब प्रधानमन्त्रीले प्रस्ट र चित्तबुझ्दो दिनुभयो भने मात्र संसद् चल्न सक्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भनिन् ।
उच्चस्तरीय छानबिन समिति गठन नै एमालेको ‘बटमलाइन’ भएको पनि चौधरीले बताइन् । एमालेको अरु कुनै काम छैन, खालि संसद् अवरोध भन्ने प्रश्नमा उनले थपिन्, ‘त्यति धेरै सुन ल्याउँदाखेरि भरियालाई मात्र समातेर हुन्छ ? उच्चस्तरीय छानबिन समिति चाहिन्छ भन्दा सबै दोष एमालेलाई दिने ? संसद् चल्न नदिनु पनि कामै हो नि । हामीले बिना कारण संसद् अवरोध गरेको हो र ?’



प्रतिक्रिया दिनुहोस्