काठमाडौं, २४ साउन । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले केन्द्रीय समितिको सूचीमा रहेका सदस्यको विवरणमा भएको त्रुटि सच्याउनका लागि आह्वान गरेको छ । नेविसंघले केन्द्रीय सदस्यहरुलाई आफ्नो व्यक्तिगत विवरणमा कुनै त्रुटि भए परिचय खुल्ने कागजातसहित सम्पर्कमा आउन भनेको हो ।
मुख्य सचिव विजय खड्काले आज एक विज्ञप्ति जारी गर्दै गत साउन २२ गते प्रकाशित भएको केन्द्रीय समितिको सूचीमा नाम, जात, जिल्ला लगायतका विवरण फरक परेकाहरुलाई सम्पर्कमा आउन आग्रह गरेका छन् ।
विवरण सच्याउनका लागि इमेल ठेगाना [email protected] र ह्वाट्सएप नम्बर ९८५१११९९६५ मा सम्पर्क गर्न भनिएको छ ।