Logo

अम्बा स्वास्थ्यको लागि एकदमै फाइदा, कब्जियतको लागि त धेरै नै राम्रो



सविता सिंह ठकुरी :

अम्बा (गाभा) एउटा मिठो र स्वास्थ्यलाई फाइदा दिने फल हो । अम्बा एउटा सानो फल भएपनि हाम्रो स्वास्थ्यलाई निकै फाइदा दिने गर्दछ । १०० ग्राम अम्बामा ५१ क्यालोरी पाइन्छ । यसमा फाइबर ५.२ ग्राम, एन्टी–अक्सिडेन्ट र भिटामिन प्रशस्त मात्रामा पाइन्छ ।

अम्बाको प्रयोगले हाम्रो शरीरको विभिन्न भागहरुमा फाइदा दिने गर्दछ । रातो अम्बामा एन्टिअक्सिडेन्ट बढी पाइन्छ र सेतो अम्बामा भिटामिन सी बढी मात्रामा पाईन्छ ।

यो फल गाउँघरमा एउटै समयमा मात्र पाइएतापनि बजारतिर भने स्टोर गरेर राखिएका वा बाहिरी देशबाट आयात गरेर पनि ल्याईन्छ । अम्बा सबै मौसममा पाइने भएकोले यसलाई जुनसुकै समयमा पनि सजिलै प्रयोग गर्न सक्दछौँ ।

अम्बाको फल मात्र नभई यसको पातपनि औषधीको रुपमा प्रयोग गर्ने पाइन्छ । अम्बाको प्रयोगले हाम्रो शरीरको विभिन्न भागमा धेरै फाइदा दिने गर्दछ ।

अम्बाका फाइदाहरु

१. अम्बाको दैनिक प्रयोगले मुटुलाई स्वस्थ बनाउन मद्दत गर्दछ ।
२. अम्बाले कलेस्टेरोल कम गर्न मद्दतगर्छ ।
३. अम्बामा पाइने भिटामिन-सीले इम्युन-सिस्टम बलियो बनाउँछ ।
४. अम्बामा पाइने भिटामिनले अनुहारलाई स्वस्थ र चम्किलो बनाउन मद्दत गर्दछ ।
५. अम्बामा फाइबर पाइने भएकोले डाइबिटिज बिरामीलाई फाइदा गर्दछ ।
६. अम्बाको प्रयोगले कब्जियतको लागि फाइदा गर्दछ ।
७. अम्बामा भिटामिन ए पाइने हँुनाले आँखालाई स्वस्थ राख्न मद्दत गर्दछ ।
८. अम्बाले मांशपेसीलाई बलियो बनाउन मद्दत गर्दछ ।
९. अम्बाको दैनिक सेवन गर्नाले दाँतमा रहेको दुखाई कम गर्न मद्दत गर्दछ ।
१०. अम्बाको सेवन गर्नाले रुघाखोकी लाग्नबाट बचाउँछ ।

Photo Source: ruastnp.blogspot.com



प्रतिक्रिया दिनुहोस्

Screenshot