Logo

चाँगुनारायणका मेयर खत्रीको लोभलाग्दो काम, गत वर्ष विकास खर्चमा उपत्यकाकै उत्कृष्ट नगर बन्न सफल



काठमाडौं, २५ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका आर्थिक वर्ष ०७९/०८० मा ८१.२६ प्रतिशत बजेट खर्च गरेर काठमाडौं उपत्यकाकै उत्कृष्ट नगरपालिका बन्न सफल भएको छ । नगरप्रमुख जीवन खत्रीको यतिवेला नगरवासीले प्रशंसा गरिरहेका छन् । काठमाडौं उपत्यकाका २१ स्थानीय तहमध्ये चाँगुनारायण नगरपालिकाले कूल बजेटमा ८१.२६ प्रतिशत बजेट खर्च गरेर उत्कृष्ट नगर बनेको भन्दै यसको श्रेय सबै नगरवासी र विकासप्रति सचेत नागरिकलाई पनि जाने बताए ।

उनकाअनुसार आफ्नो नगरपालिकाले चालूतर्फ ८० करोड १० लाख ७७ हजार २८२ रुपैयाँको बजेट विनियोजन गरेकोमा ६७ करोड २१ लख २ हजार ३६० रुपैयाँ अर्थात ८३.९ प्रतिशत, पुजीँगततर्फ १ अर्ब ३३ करोड ७२ लाख २७ हजार २१७ रुपैया बजेट विनियोजन गरेकोमा १ अर्ब ६ करोड ५५ लाख ६९ हजार ८११ अर्थात ७९.६९ प्रतिशत रकम खर्च गरेको छ ।

नगरपालिकाको चालू र पुजीँगततर्फ गरेर कूल बजेट २ अर्ब १३ करोड ८३ लाख ५ हजार २०० रुपैयाँको बजेट विनियोजन गरेकोमा नगरपालिकाले कूल १ अर्ब ७३ करोड ७६ लाख ७२ हजार १७२ अर्थात ८१.२६ प्रतिशत बजेट खर्च उनको भनाई छ । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले भने,‘उपत्यकामै विकास बजेट बढी खर्चेर चाँगुनारायण नगरपालिका अगाडि परेकोमा हामी खुशी छौं र गौरवान्वित छौं । आगामी दिन अझै प्रभावकारी काम गर्ने प्रण गर्दछु ।”

उनले आर्थिक वर्ष सुरु हुनेबित्तिकै विकासका योजनालाई पूर्णता दिन बोलपत्र (टेण्डर) आव्हान गर्नेदेखि उपभोक्ता समिति गठन गरेर तिब्र गतिमा विकासका कार्यलाई अगाडि बढाउने गरेकाले विकासलाई तिब्रता र पूर्णता दिन सफल भएको मेयर खत्रीको भनाई छ ।

उनले आर्थिक वर्ष ०७९÷०८० मा विकासको लक्ष्य हाँसिल गर्न नीति, कार्यक्रम तथा बजेट पारित भएसँगै साउनबाटै विकासका काम सुरु गर्दै बोलपत्र आव्हान गर्ने, वडा वडामा उपभोक्ता समिति गठन गरेर कामलाई तिब्रता दिने कार्यको थालनी गरेको स्मरण गराए । उनले यस वर्षपनि क्रमागत योजनाहरुको काम सुरु गरिसकेको जनाए ।

मेयर खत्री आफ्नो क्षेत्रको विकासको लागि २४सै घण्टा खटिने जनप्रतिनिधिको रुपमा परिचित छन् । उनले दोहोर्याए–‘म जनताको सेवाको लागि नगरप्रमुख भएको हुँ । मेरो मन र मस्तिष्कमा यो क्षेत्रको समग्र विकासबाहेक अरु केही छैन् ।’ नगरवासीले पनि मेयर खत्रीलाई सकारात्मक भीजन भएको नेताको रुपमा चर्चा गर्न थालेका छन् ।

मेयर खत्रीले आर्थिक वर्ष ०८०/०८१ को लागि बृहत्त खानेपानी आयोजनाको लागि काम थालेका छन् । उनकाअनुसार महादेव खोला खानेपानी आयोजना सम्पन्न भएसँगै भक्तपुरलाई नै खानेपानीको कुनै अभाव हुने छैन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot