काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टीले भोलि (शुक्रबार) पत्रकार सम्मेलन गर्ने भएको छ ।
देशको वर्तमान राजनीतिक सन्दर्भमा प्रकाश पार्ने उद्देश्यले भोलि सिंहदरबारस्थित् संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको प्रवक्ता मनिष कुमार सुमनले जानकारी दिए ।
पत्रकार सम्मेलन भने दिउँसो २ बजे हुने भएको छ। सरकारले गौर हत्याकाण्डका पीडितसँग पाँच बुँदे सहमति गरेपछि जसपा प्रधानमन्त्री पुष्पकमल दाहालसँग असन्तुष्ट बनेको छ । यही सन्दर्भमा जसपाले आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो ।