काठमाडौं, साउन २६ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कक्षा १२ को नक्कली सर्टिफिकेट प्रकरणमा थप एकजना डाक्टरलाई पक्राउ गरेको छ ।
सीआईबीले धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकारलाई पक्राउ गरेको हो । सिल्पकार ललितपुरको हात्तीबनकी स्थाई बासिन्दा हुन् । सीआईबीले उक्त प्रकरणमा अहिलेसम्म सिल्पकारसहित ६ जना पक्राउ गरिसकेको छ ।
‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा हालसम्म प्रतिनिधि सभाका सांसद सुनिल शर्मा, त्रिवि शिक्षण अस्पतालका डाक्टर रामबाबु यादव, एरिना यादव, अमृत चौधरी र रञ्जितकुमार यादव पक्राउ परेका छन्।