काठमाडौं, साउन २६ । चार दिनदेखि अवरुद्ध भिमदत्त राजमार्ग खुल्न अझै दुई दिन लाग्ने भएको छ। गत सोमबार राती भएको अविरल वर्षाका राजमार्ग कारण केहि ठाँउमा सडक भासीएको छ भने कतिपय ठाँउमा पहिरो गएको छ ।
मंगलबार बिहानदेखी पहिरो पन्छाउने काम भईरहेको भएपनी अझैसम्म सडक सञ्चालन हुन सकेको छैन् । सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार सडक सुचारु हुन अझै दुई दिन लाग्न सक्नेछ ।
एकतर्फी बाटो सञ्चालनको तयारी भएपनी सफा गरेको ठाँउमा फेरी माटो खस्ने, पानीको मुल फुट्ने, सडक खन्दा माथीबाट दलदल खस्नेक्रम अझै नरोकिएकाले सडक सञ्चालनमा समस्या भईरहेको डिभिजन कार्यालयले जनाएको छ ।