Logo

राष्ट्रपतिलाई भेट्न शितल निवास जाँदै सभामुख घिमिरे



काठमाडौं, साउन २६ । राष्ट्रपति रामचन्द्र पौडेलले जारी संसद् अवरोधका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेलाई शीतल निवास बोलाएका छन् ।

यसअघि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई शीतल निवास बोलाएर सोही विषयमा चासो राखेका राष्ट्रपति पौडेलले अहिले बिहान १० बजे सभामुख घिमिरेलाई शीतल निवास बोलाएका हुन् ।

राष्ट्रपति पौडेलले सभामुख घिमिरेसँगको भेटमा संसद्को जारी गतिरोध अन्त्यका विषयमा कुरा गर्ने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्