Logo

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक डाक्टर पक्राउ, भरिदै हिरासत



काठमाडौं, साउन २६ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक डाक्टरलाई पक्राउ गरेको छ ।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मोरङमा निजी क्लिनिक सञ्चालन गर्दै आएका मनित चौधरी विहिबार राती पक्राउ परेका हुन्। चौधरीसहित यस प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या सात जना पुगेको छ ।

सिआइबीले अपरेशन ‘फक्सट्रट चार्ली’ मार्फत हिजो विहिबार नेपाली कांग्रेसका सांसद सुनिल शर्मा, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा। अमित चौधरी, महोत्तरीका डा। रञ्जितकुमार यादव, डा। एरिना शाह र रौतहटका डा। रामबाबु यादव, इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकारलाई पक्राउ गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्