Logo

नमोबुद्ध नगरपालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण



काभ्रे, २६ साउन । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नगर प्रमुख कुन्साङ लामाले स्वास्थ्य सेवा विभागमार्फत प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य शाखा प्रमुख भगिरथ अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

लामाले स्वासप्रश्वासका बिरामी बढ्दै गएको, डेङ्गु तथा कोरोनालगायतको जोखिम उत्तिकै रहेकाले प्राप्त सामग्री निकै उपयोगी हुने बताए । उनले अक्सिजन कन्सन्ट्रेटर दुई, पल्स अक्सिमिटर तीन, सिटामोल तीन हजार चक्की, आइरन चक्की १२ हजार, सर्जिकल माक्स चार हजार थान र एन ९५ माक्स दुई हजार हस्तान्तरण गरेका छन् ।

यस्तै धुलिखेल नगरपालिका –१ स्थित देविटार स्वास्थ्य चौकीलाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नगर उपप्रमुख निराजन जंगमले विभागबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर पाँच, पल्स अक्सिमिटर पाँच, थर्ममिटर पाँच थान, सिटामोल दुई हजार चक्की, आइरन चक्की १० हजार, सर्जिकल माक्स छ हजार थान र एन ९५ माक्स चार हजार थान, नाभी मलम एक हजार थान स्वास्थ्यचौकी प्रमुख झलक दर्लामीलाई हस्तान्तरण गरे । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot