Logo

गौर हत्याकाण्डबारे जसपाको माग : सर्वपक्षीय उच्चस्तरीय छानबिन समिति गठन गरौं



काठमाडौं, २६ साउन । जनता समाजवादी पार्टीले गौर हत्याकाण्डबारे सर्वपक्षीय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गरेको छ । आज (शुक्रबार) संसदीय दलको कार्यालय, सिंहदरबारमा जसपाका नेताहरुले पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।

जसपाले गौर हत्याकाण्डबारे नेपाल सरकारले गठन गरेको सर्वोच्च अदालतका तत्कालीन बहालवाला न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठिन उच्चस्तरीय न्यायायिक छानबिन समितिको प्रतिवेदन, राष्ट्रिय मानवअधिकार आयोग, तत्कालीन जिल्ला प्रशासन र प्रहरीले सरकार समक्ष बुझाएका प्रतिवेदन, पाटन पुनरावेदन अदालतका न्यायाधीश र सुरक्षा निकायका अधिकारीहरु रहेको जाँचबुझ आयोग लगायतले बुझाएको प्रतिवेदन  सार्वजनिक गर्न माग गरेको छ ।

जसपाले सरकार र गौर हत्याकाण्डका पीडितहरुबीच भएको पाँच बुँदे सहमतिमा आपत्ति जनाउँदै आएको थियो । आजको पत्रकार सम्मेलनमा पनि जसपाका नेताहरुले उक्त सहमतिलाई रहस्यमयको संज्ञा दिए ।

photo by : Mukunda  Kalikote  Reports Nepal 



प्रतिक्रिया दिनुहोस्