Logo

गृहमन्त्री श्रेष्ठको दिनगन्ती सुरु भएको एमाले नेताको ठहर, हारगुहार गर्न थालेको दाबी



काठमाडौं, २६ साउन । नेकपा (एमाले) का नेता तथा सांसद सूर्य थापाले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन् । उनले गृहमन्त्री श्रेष्ठको दिनगन्ती सुरु भएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास धाएको र अनुनयविनय गर्न थालेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा फेशबुकमा उनले लेखेका छन्-

गृहमन्त्री नारायणकाजी श्रेष्ठको दिनगन्ती शुरू भएको छ! उनी हारगुहार गर्न देउवा निवास धाएर अनुनयविनय गर्न थालिसके। खासमा गृहमन्त्री पद उनलाई बोकाको मुखमा कुभिण्डोजस्तै उभिन्डो हुन पुगेको स्पष्ट भएको छ। सांसद सुनिल शर्माले उनको प्रतिशोधपू्र्ण सत्ता दुरुपयोगको हर्कतमा गतिलो चड्कन च्यूरा खुवाइसके। काठमाडौं जिल्ला अदालतले सांसद शर्मालाई हत्कडी र हिरासतबाट आजै रिहाइ गरेर नारायणकाजीलाई शक्तिको दुरुपयोगमा हत्कडी लगाउनुपर्ने सन्देश दिएको छ। खासमा जनमतबेगरका नारायणकाजी निर्लज्जतापूर्वक उत्तर कोरिया र पाकिस्तानको मोडेलमा सत्तादुरुपयोग र भजनमण्डली परिचालनामा सक्रिय रहेको पोल नराम्रोसँग खुलेको छ। उनले प्रतिनिधिसभामा आएर सुनिल शर्मासहित जननिर्वाचित सांसदहरूसँग अब कसरी नजर जुधाउन सक्लान् ? नैतिकहराम कदमको विचरा परिणाम।



प्रतिक्रिया दिनुहोस्

Screenshot