Logo

नवराज सिलवालको प्रश्न : क्विन्टल सुन ल्याउनेले सुरक्षाको व्यवस्था नमिलाईकन कसरी ल्यायो ? (भिडिओसहित)



काठमाडौं, २७ साउन । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद नवराज सिलवालले एक क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले नाम मुछिएका नेताहरुलाई अनुसन्धानको दायरामा नल्याउने गतिविधि गरेको कारण एमालेले सदन अवरुद्ध गरेको र उच्चस्तरीय छानबिन समितिको माग गरेको स्पष्ट पारेका छन् ।

सरकारले गर्ने अनुसन्धान फितलो हुने संकेत देखिएपछि एमालेले लगातार सदन अवरोध गरेको उनको भनाई छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सिलवालले नेपाल प्रहरीमा कुनै राजनीतिक हस्तक्षेप नहुने हो भने राम्रो काम गर्ने बताए । उनले नेपाल प्रहरी हरेक हिसाबले सक्षम रहेको दाबी गरे । उनले क्विन्टलका क्विन्टल सुन ल्याउनेले सुरक्षाको व्यवस्था नमिलाईकन कसरी ल्याउँछ ? भन्दै प्रश्नसमेत गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot