Logo

सरकार छाडेको चार महिनापछि पुनः सरकारमा सहभागी हुँदै जनमत, अनितादेवीको शपथ आज



काठमाडौं, साउन २९ । सिके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट मन्त्री बन्न अनितादेवी साहले आज पद तनथा गोपनीयताको शपथ लिँदैछन् । सरकार छाडेको चार महिनापछि जनमत एक मन्त्रीसहित पुनः सरकारमा सहभागी हुँन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार साहको शपथ अहिले बिहान १० बजेका लागि तय भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमतलाई सरकारमा सहभागी गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई फिर्ता बोलाएर मन्त्रीपरिषद् हेरफेर गरेका हुन् ।

साहलाई सोही मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । जनमत पार्टीले असार २६ गते नै साहलाई मन्त्रीका लागि सिफारिस गरेको थियो । गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो । जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्