काठमाडौं, साउन २९ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । आजको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेका लागि बोलाइएको छ ।
आइतबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा संसद् र सरकारका कामलाई प्रभावकारी बनाउने, सांसद सुनील शर्मा प्रकाउ र सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने सन्दर्भमा छलफल भएको थियो ।
आइतबारको बैठकमा ५० जना सांसदहरुले बोलेका थिए । आजको बैठकमा अरू सांसदले बोलेपछि बैठकले महत्वपूर्ण निर्णय गर्ने तयारी रहेको छ । बैठकमा सत्ता समीकरण बदल्ने विषयमा कुनै बहस र छलफल नभएको बताईएको छ ।