Logo

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?



काठमाडौं, साउन २९ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा तोकिएको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ७७ पैसा र बिक्री दर १४५ रुपैयाँ ४३ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९२ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसामा कारोबार हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर ८६ रपैयाँ ३५ पैसा तोकिएको छ । यता क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८५ पैसा रहेको छ ।

यसैगरी, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १४ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९ रूपैयाँ ९८ पैसा रहेको छ ।

साथै, साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ४१ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर २९ रुपैयाँ ९६ पैसा तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्