Logo

बाजुरामा खोलाले बगाउँदा एक महिला बेपत्ता



बाजुरा, साउन ३० । बाजुरामा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन्। जिल्लाको मुक्तिकोटमा ती महिला बेपत्ता भएकी हुन्।

स्वामिकार्तिकखापर गाउँपालिका–१ मुक्तिकोटकी ६५ वर्षीया गुवा बिक सोमबार दिउँसो बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कोल्टीबाट घर फर्किने क्रममा सोही ठाउँको रोडी खोला तर्ने क्रममा गुवालाई बगाएको हो। प्रहरी चौकी जुड्डी र अस्थायी प्रहरी पोष्ट मुक्तिकोटको संयुक्त टोलीले स्थानीयको सहयोगमा बेपत्ता वृद्धाको खोजी गरिरहेको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot