Logo

एल्विश यादवले जिते बिग बोस ओटीटी सिजन–२ को उपाधि



काठमाडौं, साउन ३० । बिग बोस ओटीटी सिजन–२ को उपाधि एल्विश यादवले जितेका छन्। यस सिजनको टप ५ फाइनलमा एल्विश यादव, अभिषेक मल्हार, मनिषा रानी, ​​बविका धुर्वे र पूजा भट्ट रहेका थिए। पूजा भट्ट पहिले आउट भइन् र त्यसपछि बबिका पनि विजेताको दौडबाट बाहिरिएकी थिइन्।

एल्विश, अभिषेक बाहेक मनिषा रानीले पनि टप–३ मा स्थान बनाएकी थिइन्। तर उनी टप–२ मा पर्न सकिनन्। अन्तमा एल्विश र अभिषेकबीच प्रतिस्पर्धा भयो। यूट्युबर एल्विशले बिग बोसको ताजमा बाजी मारे। उनलाई ट्रफी र २५ लाख पुरस्कार प्रदान गरिएको छ।

एल्विश र अभिषेक दुबै जना चर्चित युट्युबर हुन् र सामाजिक सञ्जालमा उनीहरुका फ्यान लाखौंमा छन्। बिग बोस ओटीटी सिजन–२ को होस्ट सलमान खानले गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot