Logo

एमाले केन्द्रीय कमिटीबाट केशव स्थापितको बिदाइ



काठमाडौं,३० साउन । नेकपा एमालेले बागमती प्रदेशका पूर्वमन्त्री एवं काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर केशव स्थापितलाई केन्द्रीय कमिटीबाट बिदा गरेको छ ।

एमालेको सोमबारको सचिवालय बैठक स्थापितलाई केन्द्रीय कमिटीबाट बिदा गरेको हो ।स्थापितले पार्टी नेतृत्वलाई भेटेर कार्यकारी भूमिकाबाट बिदा लिन चाहेको बताएका थिए । त्यसपछि उनको राजीनामा स्वीकृत गरिएको हो ।

गत वर्ष भएको स्थानिय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बनेर पराजित स्थापित राजनीतिकर्मी र विवादित व्यक्तित्वको समानान्तर छवि बनाउँदै नेकपा एमाले फर्किएको करिब ८ वर्षपछि पुनः निष्क्रिय बसेका छन्।

लामो समय एमालेकै राजनीति गरे पनि बीच-बीचमा उनी पार्टी छाड्दै र गाँसिदै आएका थिए। उनी पछिल्लो पटक एमालेमा जोडिएको ८ वर्ष भएको थियो।

गत स्थानीय तह निर्वाचनमा मेयरको उम्मेवदार बनेका स्थापित तेस्रो हुँदै ३८ हजार ११७ मतमा खुम्चिएका थिए । उनी पछिल्लो समय गाँजालाई बैधानिकता दिनुपर्ने अभियानमा सक्रिय रहेृका छन् । जहाँ एमालेका नेता शेरबहादुर तामाङ तथा नेकपा एसका नेता विरोध खतिवडालगायतले साथ दिईरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot