Logo

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईमाथि छानबिन हुनुपर्छ : प्रदीप ज्ञवाली



काठमाडौं, ३० साउन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि छानबिन हुनुपर्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले भने,”उहाँहरुले नेतृत्व गरेको मन्त्रिपरिषद्का निर्णयको आधारमा माफीयाहरुलाई त्यो जग्गा व्यक्तिको नाममा लैजानको निम्ति अनुकुल भएको छ । त्यहीँबाट यो कामको सुरुवात भएको छ। त्यसकारण छानबिन गरौं । भोलि अदालतले भन्ला, छानबिनले भन्ला । तर, कोही पनि मानिस छानबिनभन्दा माथि छन् र ? हाम्रो संविधानले यस्तो परिकल्पना गर्छ र ?”

ललिता निवास जग्गा प्रकरणमा जोडिएका सबैलाई छानबिनको दायरामा ल्याउनुपर्ने उनको भनाई छ । उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास र सुन प्रकरणमा निश्पक्ष कार्यसम्पादन नगरेको जिकिर गरे । उनले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले एकपछि अर्को गरेर गल्ती गरेकोले राजीनामा मागेको स्पष्ट पारे ।

 

उनले आफूहरुले पनि राम्रो गर्नुहोला भनेर प्रचण्डलाई प्रधानमन्त्री बनाएको स्पष्ट पारे । उनले आजको दिनमा आफूहरुको पहिलो माग भनेको उच्चस्तरीय न्यायिक छानबिन समितिको माग रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot