Logo

महिनाको अन्तिम दिन सुन प्रतितोला आठ सय रुपैयाँले सस्तियो



काठमाडौं, साउन ३२ । आज साउनको अन्तिम दिन नेपाली बजारमा सुनको भाउ सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले सस्तिएको हो।

जसअनुसार आज छापावाला सुनको भाउ प्रतितोला १ लाख १० हजार चार सय रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख ९ हजार ८५०रुपैयाँ कायम गरिएको छ। बुधबारसुनको भाउ प्रतितोला १ लाख ११ हजार दुई सय रुपैयाँ थियो।

महासंघका अनुसार आज चाँदी तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला १३ सय ७० रूपैयाँ कायम छ।



प्रतिक्रिया दिनुहोस्