Logo

काठमाडौंमा जारी फुटवयर बिजनेस एक्स्पोमा नगद छुटसहित नगद उपहार योजना सार्वजनिक



काठमाडौं,३२ साउन । काठमाडौंको भृकुटीमण्डपमा आयोजित फुटवयर बिजनेस एक्स्पोमा विशेष छुटसहित नगद उपहार योजना ल्याइएको छ । आयोजकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै यस्तो अफर ल्याएका हुन् ।

आयोजकका अनुसार मेलामा आएर जुत्ता चप्पल खरिदमा २० प्रतिशत छुट प्रदान गरिने भएको छ । त्यसका साथै स्क्रयाच कुपनका आधारमा थप नगद उपहार प्रदान हुने भएको छ ।

कुपन स्क्र्याचमा न्युनतम ५० रुपैयाँदेखि बढीमा १० हजार रुपैयाँसम्म नगद उपहार जित्न सकिने आयोजक सबिन कार्कीले जानकारी दिए । यो अफर भदौ महिनाभर लागु हुने कार्कीको भनाइ छ । ‘ग्राहकको सुविधालाई ध्यानमा राखेर यो अफर ल्याएका हौं,’ उनले भने,‘मेलामा आएर नियमित धेरै ग्राहकले जुत्ता चप्पल खरिद गरिरहनुभएको छ । उहाँहरुलाई हामीले फरक फरक शैलीमा उपहार योजना तथा नगद छुटका प्याकेजहरु ल्याउँछौं ।’

हात खाली नहुने अफर अन्तर्गत स्क्र्याच कुपनका आधारमा नगद जितेर धेरै ग्राहकहरु लाभान्वित हुने आयोजकको विश्वास छ । जुत्ता चप्पल खरिद गरेपश्चात ग्राहकले सोही ठाउँमा कुपन स्क्रयाच गर्न सक्नेछन् । नगद पनि तत्काल हस्तान्तरण गरिने बताइएको छ ।

मेलामा १० वटा कम्पनीका ३० वटा ब्राण्डका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । मेलामा १ हजार ५ सय भन्दा बढी मोडलका जुत्ता चप्पल उपलब्ध रहेको अर्का आयोजक गंगा श्रेष्ठले जानकारी दिए । मेलामा २ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको जुत्ता चप्पल उपलब्ध रहेको बताइएको छ । हालसालै बजारमा आएका आधुनिक मोडलका जुत्ता चप्पल राखिएका छन् ।

‘सबै उमेर समूहका लागि जुत्ता चप्पल सपिङको लागि भृकुटी मण्डप मेला उपयुक्त स्थल बनेको छ,’ श्रेष्ठले भने, ‘बजारमा चलेको मूल्य भन्दा सस्तोमा यहाँ जुत्ता चप्पल बिक्री भइरहेकाले पनि उपभोक्ताहरु आकर्षित भएको हामीले पाएका छौं ।’ ग्राहकले आफ्नो आवश्यकता र चाहना अनुसारको जुत्ता चप्पल मेलामा खरिद गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot