Logo

इरान– साउदी सम्बन्ध सामान्य बन्दै, इरानी विदेशमन्त्री रियादमा



इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान साउदी अरबको औपचारिक भ्रमणका क्रममा रियाद पुगेका छन् । तेहरान र रियादबीचको सात वर्ष लामो तिक्ततापूर्ण सम्बन्धमा सुधार आएसँगै इरानी विदेशमन्त्रीको यो पहिलो साउदी भ्रमण हो ।

विदेशमन्त्री अब्दुल्लाहियानको एक दिवसीय भ्रमण द्विपक्षीय सम्बन्ध, क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दामा केन्द्रित रहने इरानका सरकारी सञ्चार माध्यमले जनाएका छन् ।

चीनको अग्रसरतामा लामो समयदेखिका प्रतिद्वन्द्वीहरूले गत मार्चमा  कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न र आ–आफ्ना राजदूतावास एक अर्काका राजधानीमा पुनःसञ्चालन गर्न ऐतिहासिक सहमतिपछि गरेसँगै द्विपक्षीय भ्रमण आदानप्रदानको शृङ्खला प्रारम्भ भएको छ ।

गत जुनमा  साउदी अरबका राजकुमार एवं विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले इरानको भ्रमण गरेका थिए । सोही महिनाको सुरुमा इरानले झण्डा फहराएर रियादमा आफ्नो दूतावास पुनः खोलेको थियो ।

सन् २०१६ मा सिया धर्मगुरु निम्र अल–निम्रलाई रियादले फाँसी दिएको विरोधमा इस्लामिक गणतन्त्रमा साउदी कूटनीतिक नियोगमा आक्रमण भएपछि शिया बहुल इरान र सुन्नी मुस्लिम साउदीले कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए ।

इरान र साउदी अरबले वर्षौंदेखि मध्यपूर्व द्वन्द्वमा विपक्षी पक्षलाई समर्थन गर्दै आएका छन् । इरानले हालैका महिनामा साउदी अरब र कुवेतसँग प्राकृतिक ग्यास भण्डार रहेको क्षेत्रलाई लिएर विवाद गरिरहेको छ । साउदी र कुवेतले उक्त क्षेत्रमा आफूहरूको ‘एकमात्र स्वामित्व’ रहेको दावी गर्दै आएको छ । उक्त क्षेत्रको विवाद वार्ताको माध्यमबाट समाधान नभए तटीय  क्षेत्रको आफ्नो अधिकार उपभोग गर्ने  चेतावनी दिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot