Logo

डडेल्धुरा मेडिकल कलेजका लागि १७ जना प्राध्यापक माग



डडेल्धुरा, भदौ १ । डडेल्धुरा मेडिकल कलेजका लागि १७ जना प्राध्यापक माग गरिएको छ। मेडिकल कलेजमा स्नातक तह अध्यापनका लागि १७ जना उपप्राध्यापक र सहप्राध्यापकका लागि पदपूर्ति माग गरिएको हो।

आज शुक्रवार डिनको कार्यालयले एक सूचना जारी गर्दै माइक्रोबायोलोजीका लागि एक जना सहप्राध्यापक, प्याथोलोजी, एनाटोमी, साइक्लोजी, बायोक्यामेस्ट्रीका लागि १/१ उपप्राध्यापक तथा फार्मेसी, पब्लिक हेल्थ, फिजोयो थेरापीका र नर्सिङ साइन्सका लागि ३/३ जना उपप्राध्यापक माग गरेको छ।

सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ। मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ। अहिले डडेल्धुरा अस्पतालमा उप–क्षेत्रीय अस्पतालको सय शय्या मात्रै सञ्चालनमा रहेकाले स्नातक तहको मात्रै अध्ययन गर्न सकिने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot