काठमाडौं, भदौ २ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एमबीबीएस अध्ययन गर्नका लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा सातजनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका सातजनालाई शुक्रबार राति सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा अनु फार्मेसी विराटनगरमा कार्यरत मोरङका ३४ वर्षीय मनित चौधरी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत बाराका ३४ वर्षीय अमित चौधरी र एमडी अध्ययनको तयारी गरेकी काठमाडौंकी २९ वर्षीया एरिना शाह छन्।
यस्तै ईशान बाल अस्पताल वसुन्धरामा कार्यरत ललितपुरकी ३३ वर्षीया श्रद्धा शिल्पकार, काठमाडौंकी २८ वर्षीया पुनम थापा, बागमती अस्पताल रौतहटमा कार्यरत सिरहाका ३२ वर्षीय रामबाबु यादव र चितवन मेडिकल कलेजमा अध्ययनरत सप्तरीका २८ वर्षीय नसिम अख्तर पनि पक्राउ परेका हुन्।