Logo

ललितानिवास लगायत सबै ठूला भ्रष्टाचार प्रकरणबारे निश्पक्ष छानबिन होस र दोषीलाई हदैसममको सजाय होस : बाबुराम भट्टराई (विज्ञप्तीसहित)



काठमाडौं, २ भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई केही समय यता ललिता निवास जग्गा अपचलन प्रकरणमा जबरजस्ती मुछ्ने र अपराधीझैं दुष्प्रचार गर्ने काम भएको भन्दै गम्भीर ध्यानाकार्षण गराएका छन् । भट्टराईले सम्बन्धित निकायले कुनै सोधपुछ र छानविन नगर्ने र उल्टै उन्मुक्ति दिने नाटकीय प्रचारवाजी भैरहेको भन्दै त्यसप्रति पनि आफ्नो गम्भीर ध्यानाकार्षण भएको उल्लेख गरेका छन् ।

उनले ललितानिवास लगायत सबै ठूला भ्रष्टचार प्रकरणबारे निश्पक्ष छानबिन होस र दोषीलाई हदैसम्मको सजाय होस भन्ने कुरा आफूले संसद् र सार्वजनिक मञ्चबाट निरन्तर बताउँदै आएको पनि स्मरण गराएका छन् । उनले त्यस्तो छानबिनमा आफूले जहाँ, जहिल्यैपनि र जसरी पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको सुनाए ।

उनले लेखेका छन्–



प्रतिक्रिया दिनुहोस्

Screenshot