Logo

दुई किलोमिटर गाडी तानेर राष्ट्रिय युवा संघद्वारा मूल्यबृद्धिको विरोध



भक्तपुर, भदौ ३ । नेकपा (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघले पछिल्लो समय अत्याधिक मूल्यबृद्धि भएको भन्दै झण्डै दुई किलोमिटर सडकमा गाडी तथा मोटरसाईकल तानेर गुडाउँदै विरोध गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरले आज आयोजना गरेको विरोध कार्यक्रममा संघका नेता तथा कार्यकर्ताले सूर्यविनायक घलातीदेखी सल्लाघारी हुँदै पुनः इम्पेरियल व्याङ्क्वैटसम्म गाडी तथा मोटरसाईकल ठेलेर गुडाउँदै सरकारको विरोध गरेका छन् । केही दिन अघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरी जनताको ढाड सेक्ने कार्य गरेको भन्दै संघले आपत्ती जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धिका कारण जनताको दैनिक जीवन चलाउन कठिन अवस्था बनेको भन्दै संघले तत्काल मूल्यबृद्धि फिर्तालिन आग्रह गरेको छ । कार्यक्रममा एक क्वीटल सुन काण्डमा सरकारको नेतृत्व गरिरहेका पार्टी कांग्रेस माओवादी लगायतका दलहरुको संलग्नता रहेको भन्दै कडा शब्दमा विरोध जनाए । गृहमन्त्री तथा अर्थमन्त्रीको संलग्नता विना एयरपोर्टबाट एक क्वीटल सुन ल्याउन सम्भव नभएको भन्दै संघका नेता तथा कार्यकर्ता प्रचण्ड नेतृत्वको सरकार तस्करी भएको भन्दै राजिनामा मागेका छन् ।



प्रतिक्रिया दिनुहोस्