Logo

राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग प्रधानमन्त्री प्रचण्डको छलफल सुरु



काठमाडौं, संसद् अवरोधबारे अन्त्य गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सुरु भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति एवं रक्षामन्त्री पूर्ण बहादुर खड्का, नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपाका सभापति रवि लामिछाने, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतको सहभागिता रहेको छ ।

संसद् अवरोध खुलाउने विषयमा आज नै सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग संवाद गरेका थिए । प्रमुख सचेतक र सभामुखसँगको छलफलमा पनि एमाले आफ्नो अडानबाट व्याक नभएपछि छलफल निष्कर्ष विहीन बनेको थियो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समितिको बनाउन पर्ने माग गर्दै एमालेले लामो समयदेखि संसद् अवरोध गरिरहेको छ । सरकार भने समिति बनाउन तयार छैन । फोटो: प्रदीप राज वन्त



प्रतिक्रिया दिनुहोस्

Screenshot