Logo

उपेन्द्र यादवले आज पत्रकार सम्मेलन गर्दै



काठमाडौं, वैशाख २६। जनता समाजवादी पार्टी (जसपा), नेपालले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । अशोक राई नेतृत्वमा पार्टी विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

पार्टी कार्यालय बालकुमारीमा अहिले बिहान साढे ११ बजेका लागि बोलाइएको पत्रकार सम्मेलनमा पार्टी विभाजनपछिको परिस्थिति, सरकारलाई दिएको सर्मथन र सहभागिताबारे धारणा बाहिर ल्याउने अनुमान गरिएको छ ।

अशोक राइको नेतृत्वमा जसपा, नेपाल विभाजन भई सोमबार जसपा दर्ता भएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका अध्यक्ष यादव अमेरिकामा रहेका बेला पार्टी विभाजन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot