Logo

प्रधानमन्त्री प्रचण्डविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नभ्याइने



काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नभ्याईनेमा परेको छ ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा आज सुनुवाइका लागि पेशी तोकिएको थियो ।

कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद फुँयालको संयुक्त इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot