Logo

राष्ट्रिय दलका शीर्ष नेताहरुसँगको छलफल पनि निष्कर्षविहीन



काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय दल हरुका शीर्ष नेताहरुसँग गरेको छलफल निष्कर्षविहीन भएको छ ।संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय दलका शीर्ष नेताहरुसँग आज (आईतबार) छलफल गरेका थिए ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति एवं रक्षामन्त्री पूर्ण बहादुर खड्का, नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपाका सभापति रवि लामिछाने, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतको सहभागी थिए ।

एमाले आफ्नो अडानबाट व्याक नभएपछि छलफल निष्कर्षविहीन बनेको हो । भोलि (सोमबार) अपराह्न ४ बजे पुनः बैठक बोलाइएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समितिको बनाउन पर्ने माग गर्दै एमालेले लामो समयदेखि संसद् अवरोध गरिरहेको छ । सरकार भने समिति बनाउन तयार छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot