काठमाडौं, भदौ ४ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । आइतबार साँझ ६ बजे नै बस्ने भनिएको उक्त बैठक आज बिहान ७ः३० बजे बस्ने गरी स्थगित गरिएको थियो ।
बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको छ । बैठक नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनपछि मोर्चाको बैठक सरेको थियो । मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।