काठमाडौं, भदौ ४ । संसदको अवरोध खुलाउने प्रयासस्वरुप राष्ट्रिय मान्यता प्राप्त दलको बैठक आजपनि बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकमा राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेता मध्ये प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नआएपछि आजका लागि पुनः बैठक बोलाइएको छ । साउन १० गतेदेखि अवरुद्ध संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले आइतबार सर्वदलीय बैठक बोलाएका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले साउन २ गते विमानस्थल बाहिर बरामत गरेको सुन प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।