Logo

आज विश्वासको मत लिने सम्भावना देखिएन : मुख्यमन्त्री थापा



काठमाडौं, ४ भदौ । कोशी प्रदेश सरकार मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने सम्भावना नदेखिएको बताएका छन्।

सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री थापाले उपसभामखु अनुपस्थित् हुँदा आज विश्वासको मत लिने सम्भावना नदेखिएको बताएका हुन्।

उनले भने,‘आफैँले बोलाएको बैठक र उपसभामुखले दिएको समय थियो। उहाँ नै अनुपस्थित हुनुभयो। उहाँले आज बिहान ९ बजेतिर जानकारी दिनुभयो। उहाँले बोलाएको बैठकमा उहाँ नहुँदा के गर्ने भन्ने निर्णय कार्य व्यवस्था परामर्श समितिले निर्णय गर्छ। आजै विश्वासको मत लिने सम्भावना देखिएन। सल्लाह गरेर अर्को दिनलाई निश्चित गरेर हामी अगाडि बढ्छौँ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot