Logo

भक्तपुर बाल सुधार गृहबाट ठूलो संख्यामा थुनुवा फरार



काठमाडौं, ४ भदौ । भक्तपुर बाल सुधार गृहबाट ठूलो संख्यामा थुनुवा फरार भएका छन् । बाल सुधार गृहमा रहेका कमल बस्नेतको संकास्पद निधन भएपछि हिजो उक्त बालसुधार गृहमा झडप भएको थियो । आज पनि सोही विषयमा झडप हुँदा ठूलो संख्यामा थुनुवाहरु फरार भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

भक्तपुरका प्रहरी प्रवक्ता डिएसपी वसन्त पाठकले बन्दीहरुले सुधार गृहको पर्खाल फोरेर भागेको बताए । कति थुनुवा भागे भन्ने सन्दर्भमा एकिन भइनसकेको उनको भनाई छ । फरार भएमध्ये केहीलाई नियन्त्रणमा लिइएको उनले बताए । उनले बताए अनुसार अहिले भागेका थुनुवाहरुलाई नियन्त्रणमा लिन भक्तपुर, काठमाडौं र ललितपुरका सबै ठाउँमा प्रहरीहरु परिचालित भइसकेका छन् ।

उक्त बाल सुधार गृहमा तीन सयभन्दा बढी बालबालिका थुनामा रहेका थिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot