काठमाडौं, ४ भदौ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले पर्साको महुवन मठमा आयोजित मेलाको उद्घाटन गरेका छन् । पारसनाथ युवा समाज महुवन, पर्साले आज (सोमबार) नागपञ्चमकीको अवसरमा आयोजना गरेको मेलाको मन्त्री महतोले आज उद्घाटन गरेका हुन् ।
कानू समाजको सहयोगमा आयोजित मेलामा पर्सा, बारालगायत विभिन्न जिल्लाबाट मेलाको अवलोकन गर्न आउँछन् । मन्त्रालयका विभिन्न कार्यक्रम लिएर मधेश प्रदेशमा रहेका मन्त्री महतो विभिन्न सामाजिक कार्यक्रममा पनि सहभागी भएका छन् । सो क्रममा पर्सावासीले मन्त्री महतोलाई स्वागत गरेका थिए ।