Logo

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत



काठमाडौं, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।

कूल ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ४७ सांसदको समर्थन आवश्यक रहेकोमा उनले ४७ जान सांसदबाट मत पाएका छन् ।

कोशी प्रदेश सभाको अध्यक्षता ग्रहण गरेका नेपाली कांग्रेसका इस्राइल मन्सुरीले पनि मत दिएपछि थापाको पक्षमा बहुमत पुगेको हो ।विश्वासको मतको विपक्षमा ३० मत परेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot