काठमाडौं, भदौ ५। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको भन्दै बहिस्कार सर्बदलीय बैठक बहिस्कार गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले समसमायिक राजनीतिक बिषयमा छलफल गर्ने भन्दै संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुलाई शितल निवास बोलाएका थिए ।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सरकारसँग छलफल चलिरहेको बेला राष्ट्रपति पौडेलले अनावश्यक हस्तक्षेप गर्दै बैठक बोलाएको बुझाइ पार्टीमा रहेको छ । बैठकको बैधानिकता नहुने भए पछि एमाले शीतल निवास नजाने भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सुन प्रकरणको बिषयमा चासो ब्यक्त गर्दै आज बिहान ८ बजे सो बैठक बोलाएका थिए । तर, हिजो साँझ सो प्रकरणलाई लिएर सरकार उच्च स्तरीय छानबिन बनाउन सहमत भइसकेको छ ।