Logo

प्रधानमन्त्री प्रचण्डलाई बलियो बनाउनेबारे कांग्रेस मन्त्रीहरुको छलफल, एमालेले खेल्न खोजेको आशंका



काठमाडौं, ५ भदौ । प्रचण्ड नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले आज सामूहिक छलफल गरेका छन् । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारमा सहभागी पार्टीका तर्फका मन्त्रीहरुसँग छलफल गरेका हुन् ।

सो छलफलमा प्रधानमन्त्री प्रचण्डलाई बलियो बनाउनेबारे छलफल गरेका थिए । पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणलाई उठाएर सदन अवरोध गरिरहेको छ । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक समितिको माग गरेको छ ।

तर, सरकारले भने एमालेको मागप्रति सकारात्मक रेस्पोन्स गरेको छैन । आज अपरान्हको लागि बोलाईएको सर्वदलीय बैठकसमेत एमाले अध्यक्ष केपी शर्मा ओलीले बहिष्कार गरे । हुन त ओलीले बैठक बहिष्कार गर्नुको कारण उनको स्वास्थ्यलाई देखाईएको छ ।

तर, अन्तर्यमा ओलीले जानी जानी बैठक बेवास्ता गर्नुको कारण सुन तस्करी प्रकरणमा छानबिन समिति गठन गर्न सरकारले आलटाल गरेकोले रुष्ट रहेको चर्चा छ । कांग्रेस मन्त्रीहरुले एमालेले सरकारलाई अप्ठ्यारोमा पार्न खोजेको र राजनीतिक अस्थिरताको लागि चलखेल गर्न खोजेकोबारे छलफल गरेको स्रोतको दाबी छ । File Photo/ReportesNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot