काठमाडौं, भदौ ६। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । हिजो देखि सुरू भएको केन्द्रीय समिति बैठकमा आजवाट केन्द्रीय सदस्यहरुले आ-आफनो धारणा राख्ने छन् ।
हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिबेदन पेस गरेका थिए भने सो प्रतिवेदन माथि ‘फरक मत’ राख्दै सम्मानित नेता झलनाथ खनालले लामो टिप्पणी गरेका थिए ।
आजको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आ–आफनो धारणा राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक बिहान ८ बजे देखि सुरु हुनेछ ।