Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर



काठमाडौं, भदौ ६ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ४० पैसा र बिक्री दर १३३ रूपैयाँ ०० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ १४ पैसा र बिक्री दर १४४ रूपैयाँ ८० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ०१ पैसा र बिक्री दर १६९ रूपैयाँ ७७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३२ पैसा र बिक्री दर ३६ रूपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुवेती दिनार एको खरिद दर ४२९ रुपैयाँ ७२ पैसा र बिक्री दर ४३१ रुपैयाँ ६६ पैसा रहेको छ । बहराइनी दिनार एकको खरिद दर ३५१ रुपैयाँ २० पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७८ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्