Logo

प्रधानमन्त्री प्रचण्डद्वारा पर्यटनमन्त्री किरातीका बुवाको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण



काठमाडौं, भदौ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुवाको पार्थिब शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको साथमा उपप्रधान एवं रक्षामन्त्री पूर्वबहादुर खड्का, शहरी विकासमन्त्री सिता गुरुङ लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् । मन्त्री किरातीका हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको थियो ।

मन्त्री किरातीका बुवा लामो समयदेखि अस्वस्थ भइ उपचाररत रहेका थिए। राईको पार्थिव शरीर आजै पुख्र्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको उनको निजी सचिवालयले जनाएको छ।

फोटो : प्रदीप राज वन्त



प्रतिक्रिया दिनुहोस्

Screenshot