सविता सिंह ठकुरी :
गाँजर हाम्रो स्वास्थ्यको लागि एकदमै आवश्यक हुन्छ । हाम्रो शरीरलाई चाहिने खनिज पदार्थ, प्रोटिनहरु प्रशस्त मात्रामा पाइने भएकोले यसको प्रयोग बढ्दो छ । दैनिक गाँजरको प्रयोगले हाम्रो शरीलाई चाहिने तत्वहरु पुरा गर्दछ र शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत गर्दछ । गाँजर प्रायजसो सबै मौसममा पाइन्छ । गाँजरमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट, भिटामिन, खनिज पदार्थ पाइन्छ । यसलाई सलाद, सुप, मिठाई, जुस, हलुवा र तरकारी बनाएर खाने गरिन्छ ।
गाँजरमा ४१ क्यालारी, ८६ प्रतिशत पानी, १० प्रतिशत कार्बोहाइट्रेड, प्रोटिन १ ग्राम र फाइबर पनि प्रशस्त मात्रामा पाइन्छ । गाँजरमा भिटामिन सी, भिटामिन बि कम्प्लेक्स, कपर, क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, आइरन र म्याग्नेज प्रशस्त मात्रामा पाइने भएकोले स्वास्थ्यको लागि एकदमै लाभदायक मानिन्छ । गाँजरमा भएका गुणहरुले हाम्रो शरीरमा धेरै फाइदा पु¥याइरहेको हुन्छ । त्यसैले प्रत्येक दिन गाँजर प्रयोग गर्नुपर्दछ ।
गाँजरको दैनिक प्रयोगले हाम्रो शरीरलाई हुने फाइदाहरु:
१. गाँजरमा धेरै मात्रामा एन्टिअक्सिडेन्ट पाइने भएकोले एन्टि क्यान्सर रोग लाग्नबाट बचाउँछ ।
२. गाँजरमा भिटामिन ‘ए’ पाइनेहुनाले आँखाको लागि एकदमै फाइदा पु¥याउँछ ।
३. गाँजरमा क्यालोरी कम मात्रामा पाइने भएकोले तौल घटाउनमा मद्दत गर्दछ ।
४. गाँजरको दैनिक प्रयोगले कब्जियत र डाइजेसनको लागि एकदमै फाइदा गर्दछ ।
५. गाँजरमा फाइबर, एन्टिअक्सिडेन्ट र कार्डियोप्रोटेक्टिभ केमिकल पाइन्छ जसले, हृदयघात हुनबाट रोक्न मद्दत गर्दछ ।
६. गाँजरको प्रयोगले ब्लड प्रेसर कम गर्न मद्दत गर्दछ ।
७. हरेक दिन गाँजरको जुस पिउनाले शरीरमा इम्युनिटि बढाउन मद्दत गर्दछ ।
८. गाँजरमा ग्लाइसिमिक इन्डेक्स कम मात्राम पाइने हुनाले डाइबिटिज बिरामीहरुले खान सकिन्छ ।