Logo

मन्त्रिपरिषद बैठक: प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण स्विकृत



काठमाडौं, ६ भदौ । मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । आज (बुधबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिकाको भ्रमण स्वीकृत गरेको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको न्यूयोर्क भ्रमण स्वीकृत गरेको हो ।

युएनको ७८औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड अमेरिका जाने भएका हुन् । यस्तै, सरकारले स्वर्गीय जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय पनि गरेको छ । Photo By: Pradeep Raj Onta/RSS

 



प्रतिक्रिया दिनुहोस्

Screenshot