काठमाडौं, ६ भदौ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। करिब एक महिनाको अवरोधपछि बैठक आज सुचारु भएको हो । आज (बुधबार) राष्ट्रिय मान्यताप्राप्त विभिन्न ७ दलहरूबीच दुई बुँदे सहमति भएसँगै संसद्को अवरोध खुलेको हो ।
एक क्विन्टल र भेपमा ल्याईएको सुन तस्करीबारे उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएसँगै सदनको अवरोध खुलेको हो । प्रतिनिधिसभाको आजको बैठक सुरुमै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सम्बोधन गरेका छन् ।